फिजम कप फुटबल अर्को सातादेखि हुने

फिजम कप फुटबल अर्को सातादेखि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा नवौं फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने बुधबार पेप्सीकोलास्थित नेपाल तारा स्कुलमा आयोजित पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कट्वालले जानकारी गराए । सहभागी टिमहरुमा मोनास्टिक, भीमेश्वर एकेडेमी, ग्रिनविच, नेक्सस्, न्यु होली क्रस, कम्यक, ग्रामर, नेपाल तारा, हेब्रोन, न्यु भिजन, दीपिका स्कुल, भीभीएम, स्वर्णिम तारा, बेस्ट ग्रुप भिजन, ग्लोबल, माउन्ट सेब, प्रज्ञा, अर्किड, रत्न शिक्षा, अन्नपूर्ण र लाइसियम रहेका छन् ।

नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा हुनेछ । गत संस्करणको उपाधि ग्लोबल पब्लिक स्कुलले जितेको थियो । फाइनल माघ २५ गते हुनेछ ।

उद्घाटन खेल ग्लोबल र माउन्ट सेबबीच हुनेछ । उद्घाटनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सम्मान गर्ने कार्यक्रम पनि रहेको फिजमका सचिव एवं प्रतियोगिता संयोजक देवीप्रसाद डोटेलले जानकारी दिए ।

Skip This
Skip This
Logo