आरबीबी पुरुष/महिला क्लब च्याम्पियनसिप

आरबीबी पुरुष/महिला क्लब च्याम्पियनसिप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजधानीमा जारी पाँचौ आरबीबी पुरुष/महिला क्लब च्याम्पियनसिप अन्तर्गत मंगलबार पुरुष तर्फको खेलमा सेमिफाइलन समिकरण पूरा भएको छ ।

बुधबार भएको क्वार्टर फाइनल खेलमा विभागीय टोलीहरु एपिएफ, आर्मी र पुलिसले जित निकाल्दै अन्तिम ४ मा स्थान बनाएको छ । बुधबार भएको दिनको पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको हो । आर्मीले मणिमुकुन्दमाथि २५–१९,२५–१८ र २५–१७ को जित निकालेको हो । त्यसैगरी बुद्ध टोललाई सोझो सेटमा हराएको अर्को विभागीय टोली एपिएफले अन्तिम चारमा आर्मीसँगको भेट पक्का गरेको छ । एपिएफले बुद्धटोलमाथि २५–१८, २५–१७ र २५–११ को सहज जित निकालेको हो ।

पुरुष क्वाटरफाइलन अन्तर्गत बुधबार सम्पन्न दिनको अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई पनि सोझो सेटमा नै स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाएको छ । २५–११ को पहिलो सेटमा जित निकालेको पुलिसले त्यसपछिका सेटमा २५–१० र २५–१२ को सहजत जित निकालेको थियो । अब पुलिसले फाइलन प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दिनको चौथो खेलमा हेल्प नेपालले पुलिससँग भेट पक्का गर्दा बुलबुल रारा क्लबलाई २५–१६, २५–२० र २५–१९ले पराजित गर्‍यो । प्रतियोगितामा बिहीबार दुबै महिला र पुरुष तर्फका सेमिफाइनल खेल हुनेछन् । पुरुषमा पहिलो सेमिफाइनल खेलमा आर्मीले एपिएफको सामना गर्दा अर्को सेमिफाइनल खेलमा पुलिसले हेल्प नेपालको सामना गर्नेछ । महिला तर्फ भने पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिस तथा दोस्रो सेमिफाइनल खेल होङ्गान्जी न्यु डायमन्ड स्पोर्टस क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

Logo