काठमाडौं ।
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एनआरटीले पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दर्शनले खेलको ७६ औं मिनेटमा गोल गर्दै पुलिसविरुद्ध अग्रता दिलाएका थिए ।





























प्रतिक्रिया