खेलकूदले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउँछ : महानिरीक्षक खनाल

खेलकूदले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउँछ : महानिरीक्षक खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलकूद क्षेत्रले नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याएको बताएका छन् । मनकामना डोजो म्हैपीको आयोजनामा शनिबार भएको खुला राष्ट्रिय कराँते प्रतियोगिताको समापन कार्यक्रममा उनले कराँते खेलले नेपालको सान, इज्जत र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याएको बताएका हुन् ।

“कराँतेले राष्ट्रको नाम विदेशमा राखेको छ”, उनले भने । महानिरीक्षक खनालले राष्ट्रिय खेल जित्ने खेलाडी थप लगनशील र अनुशासित भएर अगाडि बढ्नुपर्ने बताए । नेपाल प्रहरीले भर्खरै सम्पन्न १३ औँ साग प्रतियोगितामा ५६ मेडल प्राप्त गरेको उनको भनाइ थियो ।

राष्ट्रिय खेलकूद परिषद् प्रदेश–३ का सदस्य–सचिव सूर्यलाल भण्डारीले सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताए । ह्वाइट हेभन एकेडेमीका संस्थापक प्राचार्य भरतमणि पोखरेलले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यालयले खेल क्षेत्रको विकासमा पनि महत्वपूर्ण प्रतियोगिता गर्दै आएको बताए ।

एक हप्तादेखि सञ्चालन भएको उक्त प्रतियोगितामा उपत्यका र उपत्यका बाहिर विभिन्न प्रदेशका कराँते खेलाडीको उपस्थिति रहेको थियो । कार्यक्रममा महानिरीक्षक खनालले प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

 

Logo