म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई ३–१ ले हराएको छ । जितसँगै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ ।
कोभिड १९ संक्रमणका कारण आफ्ना केही प्रमुख खेलाडीबिना उत्रिएको सिटीले पहिलो हाफमा १६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । त्यसमा इल्केयी गुन्डोगन, फिल फोडेन र केभिन डे ब्रुएनाले गोल गरे ।
चेल्सीका लागि कलम हडसन ओडोइले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।































प्रतिक्रिया