सैनिकलाई ब्रिजवाटर कपको उपाधि

सैनिकलाई ब्रिजवाटर कपको उपाधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सैनिक आवासिय महाविद्यालयले प्रथम ब्रिजवाटर कप उपत्यका व्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

ब्रिजवाटर इन्टरनेशनल कलेजको आयोजनामा सानो थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा सैनिकले साइपाल एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । उपाधिसँगै सैनिकले १ लाख नगद पुरस्कार पायो भने साइपालले ५० हजारमा चित्त बुझायो । सैनिकका विश्रान्त बस्नेत फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । विश्रान्त नै उत्कृष्ट डिफेन्डर पनि चुनिए ।

व्यक्तिगत विधाको खेलाडीमा साइपालका सन्जिव लामा, गोलरक्षकमा सैनिकका आशिष बस्नेत, मिड फिल्डमा सैनिकका कमल गुरुङ, स्ट्राइकरमा ब्रिजवाटरका प्यारजंग राई र प्रशिक्षकमा सैनिकका बाबुकाजी धौभन्जर उत्कृष्ट ठहरिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३२ टिम सहभागी थिए ।

Logo