रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा

रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा

केन्द्रबिन्दु
0
Shares

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । सेल्टा डि भिगोमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएकाे हाे ।

रियलले एट्लेटिको म्याड्रिडलाई १ अंकले पछि पारेको हो । यद्दपि रियलले एट्लेटिकोभन्दा ३ खेल बढी खेलेको छ । रियलको १७ खेलबाट ३६ तथा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा लुकास भाज्क्वेज र मार्काे एसेन्सियोले गोल गरे ।

Logo