फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य

फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पोखरा।  पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटको इलिमिनेटरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ६६ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो । विराटनगरका सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । ५४ बलमा उनले ६१ रन बनाए ।

यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाए भने जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रन जोडे ।

बुटवलका हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १/१ विकेट लिए ।

लिग चरणको अन्तिम खेलमा हिजो (बुधबार) विराटनगरले बुटवललाई ४ विकेटले पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो ।

इलिमिनेटेर खेलमा विजयी हुने टिमले फाइनलमा चितवन राइनोजसंग खेल्ने छ ।

Logo