साबिक विजेता पोखरा प्लेअफबाट बाहिरियो

साबिक विजेता पोखरा प्लेअफबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

पोखरा । साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटबाट बाहिरिएको छ ।

सोमबार भएको खेलमा एक्स्पर्ट धनगढीसँग ५ विकेटले पराजित हुँदै पोखरा बाहिरिएको हो । पोखरा रंगशालामा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ९ ओभर १ बलमा  पुरा गर्‍यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रन बनाएको थियो ।

 

Skip This
Skip This
Logo