पोखरा।
पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले आफ्नो अविजित यात्रालाई कायमै राखेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तीन खेलमा जीत हासिल गरेर अङ्क तालिकामा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो ।
खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको नोक्सानीमा १८१ रनको विशाल योगफल तयार गरेको थियो । अघिल्लो दिनको खेलमा पराजित धनगढी आजको खेल जित्नका लागि १८२ रनको लक्ष्य पछ्याउने क्रममा पूरै ओभर खेलेर आठ विकेट गुमाउँदै १२९ रनमा समेटियो ।





























प्रतिक्रिया