पोखरा: पारस खड्का र रोहन मुस्तफाकाे अर्धशतकिय पालीकाे सहयाेयमा दाेस्राे संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि फराकिलाे लक्ष्य प्रस्तुत गरेकाे छ । चितवन राइनोजले बुटबल ब्दास्टर्सलाई जितका लागि २ सय ४ रनको विशाल लक्ष्य दिएकाे हाे ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनायो । चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक उच्च योगफल हो । गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वाधिक ठुलो स्कोर रहेको थियो ।































प्रतिक्रिया