जापानी टोलीसँग नेपाल निलो पराजित

जापानी टोलीसँग नेपाल निलो पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मैत्रीपूर्ण खेलमा जापानको यु–२३ फुटबल टोलीसँग नेपालको निलो टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपाली टिम जापानी टोलीसँग ४–० गोलले पराजित भएको हो ।

भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टोलीविरुद्ध जापानी टोलीका लागि खेलको ३० औँ मिनेटमा मासिको सुगिताले गोल गरेका थिए । खेलको ४९ औँ मिनेटमा सुगिताले नै जापानी टोलीका लागि दोस्रो गोल गरे ।

खेलको ६२ औँ मिनेटमा टोशिकी सासाकीले तेस्रो गोल गरे । खेलको ७३ औँ मिनेटमा तोसीकी सासाकीले चौथो गोल गरे । जापानी टोलीले आइतबार ए’ डिभिजन क्लब मनाङ मस्र्यायाङ्दी क्लबसँग खेल्नेछ ।

Logo