नेपाल २- १ ले अग्रता

नेपाल २- १ ले अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २४ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल र भुटानबीच फाएनल खेल जारी छ । १३  पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको हाे ।

खेलकाे  ५३ औं मिनेटमा सुनिल बलकाे गोलमा नेपालले अग्रता लिएकाे हाे । नेपालका लागि १७ औं मिनेटमा  अभिषेक रिजालकाे गोलमा पहिलाे  अग्रता लिएकाे थियो । तर भुटानका  चेन्चो ग्याल्सेनले  ३६ औं मिनेटमा गोल  गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा १-१ गोलकाे बराबरीमा सकिएकाे भएपनि नेपालले पुन: दाेस्रो हाफमा अग्रता लिएकाे हाे ।

Logo