नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आज अन्तिम दिन विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । गत मंसिर १५ गतेबाट जारी प्रतियाेगिताकाे आज एक कार्यक्रमकाबीच समान हुन लागेकाे हाे ।
आज हुने खेलहरू
फुटबल:
पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ ।
बास्केटबल :
बास्केटबलको फाइनल खेल आज हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ : ३० बजे शुरु हुनेछ ।
बक्सिङ :
बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ बजेदेखि शुरु हुनेछ ।
जुडो :
जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ बजेदेखि शुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ : ३५ मा शुरु हुनेछ ।
स्क्वास :
स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।































प्रतिक्रिया