आज ५ खेल हुँदै, भव्य समापनको तयारी

आज ५ खेल हुँदै, भव्य समापनको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २४ ।

नेपालमा जारी १३ औँँ दक्षिण एसियाली खेलकुद सागको समापन आज हुँदैछ । मंसिर १५ गतेदेखि औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन आज ५ वटा खेल आयोजना हुनेछन् । दशरथ रंगशलामा अपरान्ह समापन समारोह हुनु भन्दा पहिले पुरुष फुटबल अन्तर्गत आयोजक नेपाल र भुटानवीच फाइनल खेल हुनेछ । बाँकी अरु खेलहरु त्यसअघि नै सम्पन्न भइसक्ने तालिका छ ।

नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल दिउसो ३ बजे, दशरथ रंगशालामा हुनेछ । भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान साढे १० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ ।

पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल दिउसो १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ ।

दिउसो १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर कराते हल सातदोबाटोमा बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । स्क्वासको पनि फाइनल खेल हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कांस्यको लागि खेल्नेछ । जुडोमा १ स्वर्णका लागि बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । फाइनल साढे १२ बजेदेखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुनेछ ।

१३ औँँ सागको आज भव्य समापन गर्ने तयारी भइरहेको छ।

Logo