काठमाडौं, २०७६ मंसिर २३ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाली महिला टोली रजतमा सिमित भएकाे छ । फाइनलमा भारतसामु स्तब्ध हुँदै रजत पदकमा चित्त बुझाउनु परेकाे हाे ।
पोखरा रंगशालामा भएको खेलमा भारतले २–० गोल अन्तरले नेपाललाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भए ।
नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भारतका लागि गोल गरेकी हुन् ।





























प्रतिक्रिया