११० स्वर्णसहित भारतको अग्रता कायमै (पदक तालिकासहित)

११० स्वर्णसहित भारतको अग्रता कायमै (पदक तालिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५७ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २३ स्वर्ण, ३० रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।

नेपालले शनिबार म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको हो । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जित्नुभएको थियो । यस्तै साग अन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जित्नुभएको हो । उहाँले बङ्गलादेशका खेलाडीलाई पराजित गर्नुभयो । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

Logo