साग २०७६ : माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जीत

साग २०७६ : माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जीत

केन्द्रबिन्दु
0
Shares

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सका लागि मोहम्मद रिसवान र मोहम्मद आजमले समान १३ रन बनाए भने अली इभानले ११ रन बनाए । यीबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन असफल रहे । बलिङतर्फ नेपालका सुशान भारी र ललित राजवंशीले समान दुई विकेट हात पारे ।

यसअघि नेपालका लागि करन केसीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए । उनले १६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरे भने विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९ रन बनाए ।

माल्दिभ्सका लागि लीम शाफिगले ४ ओभरमा ३३ रन खर्चिदैँ तीन विकेट लिए । यस्तै अमिल मौरुफले दुई विकेट हात पारे ।

Logo