पोखरा । १३ औं दक्षिण एसियाली खलकुद अन्तर्गत महिला क्रिकेटमा नेपालकाे यात्रा सेमिफाइनलमा टुङ्गिएकाे छ । शुक्रबार भएको खेलमा नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंकाले फाइनलमा प्रवेश गरेको । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् ।
अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन् । नेपालका ७ ब्याट्सवुमेनले दोहोरो अंकमा रन छुन सकेनन् । श्रीलंकाको सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन् ।
त्यसअघि पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो ।
नेपालको लागि सोनु खड्काले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारी चौधरीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । अञ्जली चन्दको नाममा १ विकेट रह्यो ।































प्रतिक्रिया