५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो (पदक तालिकासहित)

५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो (पदक तालिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

भारतले विहिबारसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ । नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ । यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले विहिबार साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका

देश           स्वर्ण       रजत    कास्य    जम्मा
भारत          ५८        ४१        १९       ११८
नेपाल          ३६       २६         ३४      ९६
श्रीलङ्का        १६        ३१         ५२      ९९
पाकिस्तान    १२        २१         २२      ५५
बङ्गलादेश     ४         १०         ४०     ५४
माल्दिभ्स       १          ०          २        ३
भुटान           ०          ०           ६       ६

Skip This
Skip This
Logo