काठमाडौं ।
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशले श्रीलङ्कालाई १–० गोलले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विहिबार भएको दोस्रो खेलमा बङ्गलादेशका लागि महबबुर रहमानले निर्णायक गोल गरेका थिए । उनले खेलको १० औँ मिनेट गोल गरेका हुन् । जितसँगै तीन खेलबाट चार अङ्क पाएको बङ्गलादेश तेस्रो स्थानमा छ । साग पुरुष फुटबलमा नेपाल, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी छन् । भारत र पाकिस्तानको पुरुष फुटबल टोली सहभागी छैन ।
फुटबल–भुटानद्वारा माल्दिभ्स पराजित
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । भुटानले माल्दिभ्सलाई २–१ गोलले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानका लागि छिमी दोर्जे र फुर्ब थिन्लेले गोल गरेका थिए । दोर्जेले खेलको ५५ औँ मिनेटमा तथा थिन्लेले ८४औँ मिनेटमा गोल गरेका हुन् । खेलको अन्तिम मिनेटमा माल्दिभ्सका लागि हाम्जा मोहम्मदले सान्त्वना गोल गरेका थिए । मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । जितसँगै भुटानले तीन खेलमा छ अङ्क जोडेको छ ।































प्रतिक्रिया