१३ औं साग : पुरुष टि ट्वान्टी क्रिकेटमा ज्ञानेन्द्र मल्लको शतक

१३ औं साग : पुरुष टि ट्वान्टी क्रिकेटमा ज्ञानेन्द्र मल्लको शतक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा अहिले नेपाल र भुटान विच खेल भइरहेको छ । आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु भएको खेलमा टस जितेर भुटानले पहिला फिल्डिङ रोजेको हो ।

जारी खेलमा नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले शतकिय पारी खेलेका छन् । क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेका हुन् । उनले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गर्दै शतक बनाए । पारस खड्काले भने अर्धशतक पूरा गरे । भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टीट्वान्टी अन्तराष्ट्रिय खेल हो ।

Logo