तेह्रौँ साग : फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

तेह्रौँ साग : फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका हुन् । । खेलको ३० औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोल गरेपछि बङ्गलादेश १–० गोलको स्थितिमा पुगेको थियो । खेलको ७० औँ मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गरी १–१ को बराबरीमा पु¥याए । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।

Logo