१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ ।
सोमबार बेलुकीसम्म १५ स्वर्ण जितेको नेपालले मंगलबार मध्यान्हसम्ममा २० स्वर्ण जितेको हो । मंगलबार नेपालले उसुमा २ तथा कराँते, दुआथलन र एथलेटिक्समा १-१ र गरी जम्मा ५ स्वर्ण थपेको हो ।
एथलेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण हात जितेकी छिन । उनले ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा पार गर्दै स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई ०.१ सेकेन्डले पछि पार्दै स्वर्ण आफ्नो नाममा पारेकी हुन् । यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेका छन् ।
यस्तै नेपालका लागि एथ्लेटिक्सको पहिलो पदक भने टङ्क कार्कीले जिते । उनले एक हजार ५०० मिटर दौडको पुरुष स्पर्धातर्फ कास्यपदक हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्की निर्धारित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गर्दै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बन्न सफल भए ।





























प्रतिक्रिया