काठमाडाैं ।सन् २०१६ मा भारतमा भएको १२औं सागमा तीनवटा स्वर्णमै चित्त बुझाएको नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा घरेलु मैदानको भरपुर सदुपयोग गर्दै नेपालले १४ वटा स्वर्ण पदक हात पारिसकेको छ। यो पदक सङ्ख्या अघिल्लो पटक भारतमा भएको भन्दा झन्डै चार गुणा बढी हो।
याे पटककाे सागमा नेपालले स्वर्ण पदक हासिलमा अग्रता लिँदै गएकाे छ । झ साेमवार साँझ सम्म नेपालले १४ स्वर्ण जीतिसकेकाे छ । नेपालका विप्लबलाल श्रेष्ठले करातेको ८५ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका छन्। उनले ६-५ ले पाकिस्तानी खेलाडी मुहम्मद बाजलाई पराजित गर्दै स्वर्ण जितका हुन्। त्यस्तै तेक्वान्दोमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ। सागमा यसअघि पनि स्वर्ण पदक जितिसकेकी एसियाली कास्य पदक विजेता आयशा शाक्यले महिला एकल पुम्से अन्तर्गत २९ वर्ष माथिको उमेर समूहमा स्वर्ण पदक जितिन्। यसैगरी महिला एकल पुम्सेअनतर्गत २३ देखि २९ वर्षको उमेर समूहमा नेपालकी पारवती गुरुङले ७.९४० स्कोर गर्दै स्वर्ण पदक जितेकी छिन्। नेपालका दिवस श्रेष्ठले रजतपदक जितेका छन्। उनी करातेअन्तर्गत ८४ केजीभन्दा मुनी तौल समूहको फाइनलमा पाकिस्तानका अवाइस मोहम्मदसँग पराजित भएपछि रजतमा सीमित हुनुपर्याे। नेपालका लक्ष्मण तामाङले करातेमा स्वर्ण पदक जितेका छन्। करातेकाे एकल कुमुतर्फ उनले बंगलादेशका माेहम्मद मुस्ताफालाई पराजित गर्दै स्वर्ण जितेका हुन्।
कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
कराते (टिम काता, महिला)
कराते (टिम काता, पुरुष) विप्लबलाल श्रेष्ठ
कराते (५५ केजी) – लक्ष्मण तामाङ
तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
ट्रायथलोन – सोनी गुरुङ
कराँते – अनु अधिकारी
स्वर्ण जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र सङ्गीता मगर लगायत छन्।































प्रतिक्रिया