नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल ‘एक्सन स्पोर्टस’मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुँदै छ ।
१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गतेदेखि १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ SD र ९९१ HD मा प्रत्यक्ष प्रसारण हुनेछ । नेपाल विरुद्ध बङ्गलादेशको महिला भलिबल प्रतियोगिता आज अपराह्न ३ बजे हुँदै छ भने नेपाल विरुद्ध बङ्गलादेशको पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदै छ ।
सागको औपचारिक उद्घाटन १५ गते हुने भए पनि त्यसअन्तर्गतको भलिबल खेल भने आजैबाट सुरु हुँदै छ ।
‘नेपालले खेल्छ नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भइरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा आयोजना हुने हरेक खेललाई नेपाली दर्शकमाझ पुर्याउँदै आएको छ ।































प्रतिक्रिया