जनअधिकार सरकारले संरक्षण गर्नुपर्छ : काँग्रेस नेता थापा

जनअधिकार सरकारले संरक्षण गर्नुपर्छ : काँग्रेस नेता थापा


काठमाडौं,

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताउनु भएको छ । मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न बुधबार वागेश्वरीमा काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाउनुभयो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताले काँग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लागउनुभयो । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Logo