काठमाडौं,
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टेलिभिजन प्रसारण अधिकारलाई अनुभवहीन भारतीय कम्पनीसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार टेलिभिजन प्रसारण मात्र होइन मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने प्रतियोगिताका लागि कुनै पनि सञ्चारमाध्यमले आफूखुसी फोटोसमेत खिच्न नपाउने जनाउने थियो । तर साँझ विज्ञप्ती मार्फत पत्रकार सम्मेलनको भनाई फेर्दै फोटो खिच्न बन्देज नरहेको जनाएको छ ।
आइतबार १३ औं सागको प्रसारण अधिकार सम्बन्धी सम्झौता कार्यक्रममा फरक–फरक तीन सम्झौता भयो । दक्षिण एसिया ओलम्पिक काउन्सिलले प्रतियोगिताको टेलिभिजन प्रसारणका लागि भारत उडिसाको एनके मिडिया भेन्चर्स प्रालि र राखेपसँग सम्झौता गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्र श्रेष्ठ र एनके मिडियाका प्रबन्ध निर्देशक प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । काउन्सिलले प्रसारण अधिकार र विज्ञापनबापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्नेछ । राखेप आफैंले ल्याउने विज्ञापनमा भने कसैको अधिकार हुने छैन । काउन्सिल र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्याय बीच भएको सम्झौतामा एजेन्ट कम्पनीले प्रसारण र विज्ञापनबापतको कमिसन प्राप्त गर्नेछ ।
भारतको भूवनेश्वरबाट उडिसा राज्य लक्षित प्रान्तीय टेलिभिजन नक्षत्र न्युज प्रसारण गरिरहेको एनके मिडिया भेन्चर्सको वेबसाइटमा उल्लेख भए अनुसार उसले चलचित्र, रेडियो, टेलिभिजन र अन्य मनोरञ्जनात्मक गतिविधि गर्दै आएको छ । एनके मिडियाले राखेपसँग १३ औं सागका लागि ८ करोड रुपैयाँमा प्रसारण अधिकार खरिद गरेको हो ।































प्रतिक्रिया