काठमाडौं,
‘युएई ओपन राष्ट्रिय तेक्वाण्डो च्याम्पियनशिप २०१९–२०२०’ मा नेपालका करन बहादुर चन्दले स्वर्ण पदक जितेका छन् ।
संयुक्त अरब इमिरेट्स (युएइ) को दुबईमा भएको खेलमा (हेभी वडी) ९१ केजी माथि) को खेलमा चन्दले स्वर्ण पदक जितेका हुन् । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका घर भएका चन्द विगत १० महिनादेखि दुबई बस्दै आएका छन् ।
उनले यस अघि अन्तर्राष्ट्रिय खुल्ला चौथो युएइ कोरियन फ्रेन्डसिप तेक्वाण्डो लगायत दुई वटा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । यस्तै भारतमा भएको जिल्ला स्तरीय ओपन च्यापियनसिप लगायत अन्य २० वटा प्रतियोगितामा उनले स्वर्ण जितेका छन् ।





























प्रतिक्रिया