काठमाडौं,
२०–२० क्रिकेटमा नेपाल इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।





























प्रतिक्रिया