सिपाघाट फुटबल कपको फाइनल आज

सिपाघाट फुटबल कपको फाइनल आज

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाटमा भइरहेको प्रथम सिपाघाट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । फाइनलमा पुगेका २ टिमहरु सिपाघाट फुटबल क्लब ए र झम्सिखेल युवा क्लब बिच फाइनल प्रतिस्पर्धा हुने भएको हो ।

सिपाघाट फुटबल क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिता नगरपालिकाकै पहिलो र ठूलो खेल हो । यसमा २८ वटा टिमहरुको सहभागिता रहेको थियो । गएको कार्तिक १ गते शुरु भएको खेलको आज फाइनल हुन लागेको हो ।

हिजो भएको सेमिफाइनलबाट अर्चले युवा क्लव र ब्राइटस्टार युवा क्लब बाहिरिएपछि आज सिपाघाट फुटबल क्लब ए र झम्सिखेल युवा क्लब बिच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।

सिपाघाटको तल्लोबजार खेलमैदानमा उक्त प्रतियोगिता भइरहेको छ । खेलमा प्रथम हुने टिमलाई नगद ५५ हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजक क्लवले जनाएको छ ।

Logo