काभ्रे,
जिल्लाको मण्डनदेउपुर नगरपालिकामा आयोजना भएको पालिका स्तरिय मेयरकप भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । कार्तिक ५ गतेदेखि शुरु भएको सो प्रतियोगितामा १० वटा टिमले नाम दर्ता गराएको मध्ये ८ वटा टिम विच खेल भएको थियो ।
आज भएको फाइनल खेलमा पनौती नगरपालिकाले प्रथम स्थान हात पार्यो भने खानीखोला गाउँपालिका दोस्रो भएको छ । त्यस्तै बनेपा नगरपालिकाले तेस्रो स्थान जित्दा मण्डनदेउपुर नगरपालिका चौथो भएको कुन्तावेसीबाट विमल पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकामै पहिलो पटक भएको यस किसिमको भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५५५ , दोस्रो हुनेले ३३ हजार ३३३ तथा तेस्रो हुने टिमले २२ हजार २२२ नगद , प्रमाणपत्र तथा शिल्ड पुरस्कार पाएका थिए ।
शुभदीपावलीको अवसर पारेर गरिएको यस प्रतियोगिताको आयोजना काभ्रे जिल्ला पालिका स्तरिय प्रथम मेयरकप भलिबल प्रतियोगिता , मण्डनदेउपूर नगर कमिटीले गरेको हो । खेल मण्डनदेउपूर नगरपालिका वडा नं ७ मा भएको थियो ।
तस्वीरहरु : विमल पौडेल





























प्रतिक्रिया