- ज्ञानमणि नेपाल कालोटोपी
सिपाघाट, काभ्रे
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ सिपाघाटमा भइरहेको प्रथम सिपाघाट फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु भोलि शनिबार हुने भएको छ ।
सिपाघाट फुटबल क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिता नगरपालिकाकै पहिलो र ठूलो खेल हो । यसमा २८ वटा टिमहरुको सहभागिता रहेको थियो । गएको कार्तिक १ गते शुरु भएको खेलको फाइनल आइतबार हुने बताइएको छ ।
भोलि हुने सेमिफाइनलमा अर्चले युवा क्लव र झम्सिखेल युवा क्लव तथा सिपाघाट फुटबल क्लब ए र ब्राइटस्टार युवा क्लबका वीच खेल हुनेछ ।

सिपाघाटको तल्लोबजार खेलमैदानमा उक्त प्रतियोगिता भइरहेको छ । खेलमा प्रथम हुने टिमलाई नगद ५५ हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजक क्लवले जनाएको छ ।
भोलि हुने सेमिफाइनल खेलको समय तालिका
दिउँसो १२ः०० बजे
अर्चले युवा क्लब र झम्सिखेल युवा क्लब
दिउसो १ः०० बजे
सिपाघाट फुटबल क्लब ए र ब्राइटस्टार युवा क्लब































प्रतिक्रिया