पर्वतका अनिश बने दसौं लिगलिगे राजा

पर्वतका अनिश बने दसौं लिगलिगे राजा

केन्द्रबिन्दु
0
Shares

गोरखा,

यस अघि तीन पटकसम्म लिगलिगे राजा बनेका पर्वतका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौथो पटक पनि राजा बन्न सफल भएका छन् । उनी चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन्। थापा भारतीय सेनामा कार्यरत छन्।

सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन्। एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुने दुवै जना नेपाली सेनाका हुन् । निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन् ।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ। बिहीबार एक समारोहको आयोजना गरी दसौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए।

‘दौडमा प्रथम हुनेलाई यस अघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो’, उनले भने, ‘यस बर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं। अबदेखि जो विजयी हुन्छ, उहाँलाई एक वर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइनेछ। नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उहाँलाई स–सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि उल्लेखनीय काम गर्ने उनले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर कँडेलले जानकारी दिए। साथै उनलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइने कार्यक्रम रहेको उनले बताए।

यस्तै दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo