काठमाडौं,
त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । जिम्बाब्वेसँग नेपालको यो दोस्रो हार हो ।
पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो । यस अघिका अन्य खेलमा नेपालले सिंगापुरलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बाब्वेलाई चार रनले पाखा लगाएको थियो । आज नेपाल र सिंगापुर विच खेल हुने तालिका छ ।





























प्रतिक्रिया