काठमाडौँ,
सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले आफ्नो तेस्रो खेल आज जिम्बाब्वेसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो । नेपाली टिमले आज भने त्यसको बदला लिनुका साथै जिम्बाब्वेविरुद्ध टी २० मा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । आज जिम्बाब्वेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो हुनेछ ।
यसअघिका खेलमा नेपालले सिंगापुरलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बाब्वेलाई चार रनले पाखा लगाएको थियो ।





























प्रतिक्रिया