नेपाल मलेसियासँग १-० गोल अन्तरले पराजित

नेपाल मलेसियासँग १-० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नेपाली राष्ट्रिय फुटबल टिम सोमबार मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल तुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा हारेको छ । जोहर शहरको पसार गुन्डाङ रंगशालामा भएको खेलमा नेपाल १-० गोलले हारेको हो ।

नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । नेपालविरुद्ध जोहरले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकमा जोहारका निकोलासले गोल गरेका थिए । त्यसपछि नेपालले गोल गर्ने प्रयास गरे पनि फिनिसिङमा चुकेको थियो ।

खेलमा सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टिमको पहिलो पटक कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए । टिममा नियमित कप्तान विराज महर्जनले फिटनेसका कारण स्थान बनाउन सकेनन । गोलकिपर किरण चेमजोङ र रोहित चन्द नभएकाले नयाँ कप्तानको राखिएको थियो ।

नेपाल विश्वकप छनोटका लागि अब कुवेत प्रस्थान गर्नेछ।विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । भदौ १९ कुवेत र भदौ २४ गते नेपालले चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ । यस्तै नेपालले क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाल समाचारपत्रबाट

Logo