पौडी टोली हंगेरी प्रस्थान

पौडी टोली हंगेरी प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष , महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, दैवज्ञराज जोशी र विकास कुमाल तथा महिलामा टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाउने छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठ लगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo