सेनेगल र क्यामरुन अफ्रिका कप नेशन्सको अन्तिम १६ मा

सेनेगल र क्यामरुन अफ्रिका कप नेशन्सको अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। अफ्रिका कप अफ नेशन्समा सेनेगल र क्यामरुन समूह सीबाट अन्तिम १६ मा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा गुएनामाथि २-० गोलको जित निकाल्दै सेनेगलले शतप्रतिशत जीतका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको छ।

यस्तै,गाम्बियामाथि ३-२ गोको जित निकालेको क्यामरुनले पनि अन्तिम १६ मा स्थान बनाएको हो । क्यामरुन दोस्रो स्थानमा छ। क्यामरुनको ४ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको गुएनाको पनि ४ अंक छ। गुएनाको पनि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना रहेको छ। ६ वटा टिमबाट शीर्ष २ र उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाउँने सम्भावना कायमै रहेको छ।

गुएनाविरुद्ध मंगलबार रातिको खेलमा पहिलो हाफ बराबरी खेलेको सेनेगलले दोस्रो हाफमा २ गोल गरेको थियो। सेनेगलका अब्दुल्लाये सेकले ६१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। इलिमन शेखले ९० औँ मिनेटमा गोल गरेपछि सेनेगलको २-० को सहज जीत पक्का भएको थियो।

समूह सीकै अर्को खेलमा क्यामरुनले गाम्बिायलाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भएको ५ गोल नै दोस्रो हाफमा निस्किएको थियो।

५६ औँ मिनेटमा कार्ल टोकोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाए। एब्ली जालोले ७२ औँ मिनेटमा गोल गरेपछि गाम्बियाले खेल एक एक गोलको बराबरीमा ल्याएको थियो। इव्रिमा कोलीले ८५ औँ मिनेटमा गोल गर्दै गाम्बियालाई २–१ को अग्रता दिलाए।

तर, ८७ औँ मिनेटमा गाम्बियाकै जेम्स गोमेजले बल क्लियर गर्न नसक्दै आफ्नै पोस्टमा गोल गरेपछि उपहार पाउँदै क्यामरुनले खेल २-२ को बराबरी गरेको थियो। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा क्रिष्टोफर ओहले गोल गर्दै अन्ततः क्यामरुनलाई ३-२ को जित पक्का गराए।

Logo