ईएफएल कपको फाइनलमा पुग्यो लिभरपुल

ईएफएल कपको फाइनलमा पुग्यो लिभरपुल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ। गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए।

यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो। अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्नेछ। फाइनल खेल फेब्रुअरी २५ मा हुनेछ।

Skip This
Skip This
Logo