इरानलाई हराउँदै कतार एशियन कपको फाइनलमा

इरानलाई हराउँदै कतार एशियन कपको फाइनलमा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो।

कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक- एक गोल गरेका थिए। त्यसैगरी इरानका लागि सरदार अजमोउन र् अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए। यस खेलमा खेलको ९० औँ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए।

एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्नेछ। योसँगै तीन पटक एशियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ। यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ।

Skip This
Skip This
Logo