कप्तान रोहित पौडेलले लिए एकै ओभरमा दुई विकेट

कप्तान रोहित पौडेलले लिए एकै ओभरमा दुई विकेट

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले चौथो विकेट गुमाएको छ। क्यानडाको चौथो विकेट पनि कप्तान रोहित पौडेलले लिएका हुन्।

उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस कीर्तनलाई २० रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन्।

निकोलस कीर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काएका थिए। ३१.५ ओभरमा कीर्तन आउट हुँदा क्यानडाले एक सय ८० रन बनाएको छ।

Logo