क्यानडाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

क्यानडाविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ। दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह अर्धशतक बनाउँदै आउट भएका हुन्।

उनको विकेट पनि ईश्वरजोत सोहीले लिए। पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए। ६.३ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको थियो।

Logo