क्यानडाविरुद्ध अनिल साहको शतक

क्यानडाविरुद्ध अनिल साहको शतक

केन्द्रबिन्दु
84
Shares

घरेलु टोली नेपालका ओपनर अनिल साहले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर साहले शतक प्रहार गरेका हुन् । सो क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे । खेलको दोस्रो ओभरमा अनिलले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक पनि हो ।

यसअघि क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका अनिलले सोही दिन अर्धशतकको कीर्तिमान बनाएका थिए । १९ बलमा अर्धशतक पूरा गर्दै उनले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका थिए । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो ।

हाल नेपाल १ विकेटको क्षतिमा रन बनाएर खेलिरहेको छ । क्रिजमा भीम सार्कीले साथ दिइरहेका छन् ।

Logo