वाफ वुमन्स च्याम्पियनसिपमा आज नेपाल र सिरिया भिड्दै

वाफ वुमन्स च्याम्पियनसिपमा आज नेपाल र सिरिया भिड्दै

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आज सिरियासँग खेल्दैछ।

वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज समूह बी मा रहेको नेपालले सिरियासँग प्रतिस्पर्धा गर्ने भएको हो।

नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ। नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो।

Skip This
Skip This
Logo