नेपाल आज नामिबियासँग भिड्दै

नेपाल आज नामिबियासँग भिड्दै

केन्द्रबिन्दु
322
Shares

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग टु मा आज नेपाल र नामिबिया भिड्दैछन्। यी दुईबीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको दोस्रो खेलमा नेपाल नामिबियाविरुद्ध जितको खोजीमा मैदान उत्रिदैछ।

नामिबिया पनि नेपालमाथिको दबाब कायमै राख्न चाहन्छ। यी दुई टोलीबीच भएको लिग टु को पहिलो खेलमा नामिबिया चार विकेटले विजयी भएको थियो।

नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो। नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ । नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकालेको छ।

Logo