प्रिमियर लिगमा सिटीको जित

प्रिमियर लिगमा सिटीको जित

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। बुधबार विहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालान्डले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोलको खडेरी तोडेका थिए। उनले जुलियन अल्भारेजको पासमा गोल गरेका हुन्।

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। सिटी तेस्रो स्थानमा पुगेको आर्सनल भन्दा १ अंकले अगाडि रहेको छ।

यसैगरी शीर्ष स्थानको लिभरपुल पनि १ अंकले अघि रहेको छ। शीर्ष तीनमा रहेका लिभरपुल, सिटी र आर्सनलको बीचमा कडा प्रतिस्पर्धा रहेको छ। प्रिमियर लिगमा अहिले २५ औं चरणको खेल जारी छ।

Logo