टेबलटेनिस विकासका लागि सम्झौता

टेबलटेनिस विकासका लागि सम्झौता

केन्द्रबिन्दु
18
Shares

काठमाडाैँ। जिल्ला खेलकुद विकास समिति र जिल्ला टेबलटेनिस संघ तथा दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुरमा टेबलटेनिसको विकासमा सहयोग पुर्‍याउन मंगलबार सम्झौता भएको छ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरे। सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उप मेयर मन्जली शाक्यलगायतको उपस्थिति रहेको थियो।

ललितपुर जिल्लामा विशेष गरी टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान-प्रदान गर्ने विषयमा सम्झौता भएको छ। कार्य योजना बनाएर अगाडि बढ्नेलगायतका विषयमा पनि सहमति भएको छ।

Skip This
Skip This
Logo