च्याम्पियन्स लिगमा मिलानसँग एट्लेटिको पराजित

च्याम्पियन्स लिगमा मिलानसँग एट्लेटिको पराजित

केन्द्रबिन्दु
154
Shares

काठमाडाैँ। च्याम्पिन्यस लिगको अन्तिम १६ अन्तरगतको खेलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि झिनो अग्रता बनाउन सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले १–० जीत हासिल गरेको हो ।

७९ औँ मिनेटमा सब्सिटच्युट मार्को अर्नाटोभिचले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि उनले गोलका थुप्रै अवसर गुमाएका थिए ।

गत सिजनको उपविजेता टोलीका लागि लाउटारो मार्टिनेजले गरेको दुईवटा प्रयास एट्लेटिकोका गोलकिपर जान ओब्लाकले विफल बनाएका थिए । अब दोस्रो लेग मार्च १३ मा एट्लेटिकोको घरेलु मैदानमा हुनेछ ।

मंगलबार नै भएको अर्को खेलमा पीएसभी इन्डहोभनले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ । डर्टमण्ड ०–१ गोलले स्तब्ध हुन पुग्यो ।


लुक डी योङले ५६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसभीलाई जीत दिलाए । प्रतियोगितामा उनको यो नवौँ गोल थियो । योसँगै उनी रुड भान निस्टलरोयको रेकर्ड उछिन्दै च्याम्पियन्स लिगमा टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । अब दोस्रो लेग मार्च १३ मा डर्टमण्डमा खेलिनेछ ।

Logo