नयाँ कीर्तिमान बनाउँदै लेभरक्युजनलाई ११ अङ्कको अग्रता

नयाँ कीर्तिमान बनाउँदै लेभरक्युजनलाई ११ अङ्कको अग्रता

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ। बायर लेभरक्युजनले माइन्जलाई रोमाञ्चक खेलमा हराउँदै जर्मनीमा ३३ खेलको अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ। जीतपछि ज्याभी ओलोन्सोको टोलीले बुन्डेस लिगाको शीर्ष स्थानमा दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा ११ अङ्कको अग्रता बनाएको हो।

ग्रानिट जाकाले खेलको तेस्रो मिनेटमा नै लेभरक्युजनलाई अग्रता दिलाएका थिए। तर, चार मिनेटपछि नै डोमिनिक कोहरले खेल बराबरी गरे। दोस्रो हाफमा रोबर्ट एन्डरिचको लामो दुरीको प्रहार माइन्जका गोलकिपर रोबिन जेन्टनरले रोक्न नसकेपछि खेल लेभरक्युजनले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

एन्डरिचको गोलपछि बराबरी गोल फर्काउने आशमा रहेको माइन्जलाई अर्को धक्का लाग्यो। ८० औँ मिनेटमा जेसिक न्गाकाकामले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्न पुगेको थियो।

२३ खेलपछि लेभरक्युजनको ६१ अङ्क रहेको छ। दोस्रो स्थानमा रहेको बायर्नले एक खेल कम खेल्दै ५० अङ्क बटुलेको छ। माइन्ज १५ अङ्कसहित रेलिगेसन क्षेत्रमा रहेको छ।

Skip This
Skip This
Logo